क्यान्सर पिडित वाईवालाई एनआरएनए सचिव न्यौपाने द्वारा २ लाख सहयोग
News Desk
Sep-14 , 2023 तारिख 07:25 बेलुका

काठमाडौँ । केही महिनापहिले देखी क्यान्सर रोगबाट थलिएका मकवानपुर जिल्ला बागमती गाऊपालिका वार्ड नम्वर २ का बुद्दीमान वाईवालाई आर्थिक सहयोग प्रदान गरिएको छ। वाईवालाई गैर आवासीय नेपाली संघ(एनआरएनए) का आईसिसि सचिव खगेन्द्र न्यौपानेले एटी सेक्युरिटी कम्पनी मलेसियाको तर्फवाट २ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका छन । न्यौपाने एटी सेक्युरिटी कम्पनी मलेसियाका डाईरेक्टर हुन ।

क्यान्सर पिडित वाइवाले आफुलाई सहयोग गर्नुभएकोमा एनआरएनए आईसिसि सचिव न्यौपाने र एटी सेक्युरिटी कम्पनी मलेसियालाई धन्यवाद ब्यक्त गरे । उनले उक्त रकमले आफ्नो उपचारमा ठुलो सहयोग हुने बताए । उनको नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । वाईवा ७ बर्ष एटी सेक्युरिटी कम्पनी मलेसियामै सेक्युरीटी गार्डमा कार्यरत रहेका थिए ।

धेरै पढिएको