News Desk
काठमाडौं । एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस ग्लोरियस व्युटिसियन नेपाल २०२३ को अडिसन आगामी शनिवार भाद्र ३० गते हुने भएको छ । अडिसन डिभाइन बैँक्वेटको छैंठौं तलामा बिहान ९ बजेबाट शुरु हुने आयोजक कम्पनी एभरेष्ट ईभेष्टका प्रमुख रोविन श्रेष्ठले जानकारी दिएका छन् । करुणाज व्युटि ईष्टिच्यूट एण्ड टेनिंग एशोसियट रहेको यस ईभेष्टको पावर बाई पार्टनरमा रुस्काज मेक अप स्टुडियो आईटिसी रहेको छ ।
विवाहित र अविवाहित दुवैले भाग लिन पाउने यस प्रतियोगिता नेपाली व्युटिसियनहरुका लागि गतिलो प्लेटफर्म बन्ने दाबी श्रेष्ठको रहेको छ ।