तमोर–मेवा जलबिद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत खरिद बिक्री दर निर्धारण बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
News Desk
Sep-16 , 2023 तारिख 02:45 बिहान

 

काठमाडौं  ।  विद्युत  नियमन आयोगले ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी  गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलबिद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत खरिद बिक्री दर निर्धारण र सरोकारवालाको राय सुझाव र प्रतिक्रिया लिन शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। आयोगका अध्यक्ष दिल्ली बहादुर सिँहको अध्यक्षतामा आयोगको कार्यालय सानो गौचरणमा आयोजित उक्त सुनुवाइ कार्यक्रममा, आयोगका सदस्यद्व्य भागीरथी ज्ञवाली एवम्  गौतमदास डङ्गोल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवद्र्धक संस्था पार्क हाईड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बू सहितउपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, स्थानीय तहका प्रतिनिधि, सञ्चार माध्यम तथा सरोकारवालाहरुको  उपस्थित रहेको थियो । 

सो अवसरमा आयोजनाको प्रवद्र्धक स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले पावर पोइण्ट प्रिजेण्टेसन मार्फत आयोजना बारे जानकारी गराएको थियो । जसमा आयोजनाको कुल लागत २४ अर्ब २३ करोड अनुमान गरिएको, आयोजनाबाट उत्पादन हुने कूल बिद्युतीय उर्जा ७११।४३ गिगावाट घण्टा रहेको, बर्षा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने प्रक्षेपण गरिएको,मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको,  १२८ मेगावाटको यो आयोजना रन अफ रिभर प्रकृतिको आयोजना रहेको उल्लेख गरिएको थियो ।

सो अवसरमा आयोगका अध्यक्ष दिल्ली बहादुर सिँहले सरोकारवालाबाट राय सुझाव एवम् सल्लाह संकलन गर्ने उदेश्यका साथ विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको बताउनुहुँदै समयमै आयोजना सम्पन गर्नेगरि  विवादमा नफसी, स्थानियलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरु नगर्न सुझाव दिनुभयो । साथै अध्यक्ष सिंहले उदेश्य अनुरुप आयोजनाले सम्पन्न भएको खण्डमा नेपालको जलविद्युत क्षेत्रको विकासमा थप टेवा मिल्ने बताउनुभयो । 

त्यसैगरि, आयोगकी सदस्य भागीरथी भट्टले सार्वजनिक सुनुवाई कार्यक्रमको आचार संहिता बारे प्रस्ट पार्नुभयो। 

यस्तै, आयोग सदस्य गौतमदास डङ्गोलले नेपाललाई धेरै भन्दा धेरै विद्युत निर्यातकर्ताको रुपमा स्थापित गर्ने सरकारको उदेश्य प्राप्तिमा आयोग लागि परेको बताउनुहुँदै सय मेघावाटभन्दा ठूला आयोजनाको सार्वजनिक सुनुवाई धेरैभन्दा धेरै गर्न पाईयोस् भन्ने कुरा राख्नुभयो ।  

सुनुवाई कार्यक्रम माझ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट ४।८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८।४० रुपैयाँ रहेको,  प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि हुनेगरी प्रस्ताव गरिएको बताउनुभयो ।

धेरै पढिएको