एनआरएनए रूपान्तरणको दौडमा रहेका रोविन शेरचनले गरे आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा
News Desk
Sep-20 , 2023 तारिख 09:38 बेलुका

जापान । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तराष्ट्रिय समन्वय परिषद ९आईसीसी० को आउँदो एघारौं महाधिवेशनमा २०२३ ( २०२५ कार्यकालका लागि हुने निर्वाचनमा रोविन शेरचन उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । हाल एनआरएनए आईसीसी कार्यसमिति सदस्य  रहेका शेरचन लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका छन् ।  उनी व्यवसायका अलवा सामाजिक काममा सकृय रहदै आएका छन् । एनआरएनए अभियानमा लामो समयदेखी कृयाशिल शेरचन विश्वभर छरिएर रहेका गैर आवासिय नेपालीमाझ लोकप्रिय समेत मानिन्छन् । आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा चुनाव लडने तयारी  शेरचनले पहिल्यै देखी गरेका थिए । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ । आइसीसी नेटवर्कमा पुग्नका र एनआरएनए अभियान नेतृत्वका लागि अहिले बिश्वभरि छरिएर रहेका नेपालीहरुले आ( आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै बिभिन्न पदका लागि उम्मेदवारीको घोषणा गरिरहेका छन् । यहि  मेसोमा आफ्नो पूर्ववत योजना अनुरुप रोबिन प्रसाद शेरचनले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  

आफनो उम्मेदवारी घोषणा बारे थप स्पष्ट पार्दै उनी भन्छनः  ‘म करिब ३५ वर्ष देखी जापानमा बसोबास गर्दै आएको छु, एनआरएनए स्थापना भएको केबल २० बर्ष मात्र भएको छ ।  त्यसअघि म विभिन्न सामाजिक गतिविधिमा संलग्न रहे।  एनआरएनए स्थापनापछि संस्थागत रुपमा सकृय छु । उपाध्यक्षमा निर्वाचित भएर सामाजिक उत्थानमा अझ धेरै काम गर्न सकिन्छ भन्नेलागेर नै उम्मेदवारी घोषणा गरेको छु'  ।

नेपाली समुदायका लागि अन्तर्राष्ट्रिय स्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको उनी बताउँछन् । उनी विश्वभर फैलिएको नेपालीहरूको गैर राजनीतिक संस्था एनआरएन मार्फत समुदायको हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्छन्  'विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाईहरुको सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,  नेपाल र नेपालीका लागि निश्वार्थ रुपमा  काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु' । 

कोरोना महामारीको अवस्था एवं नेतृत्वमा उत्पन्न विवादका कारण संघको १० औं महाधिवेशन हुन सकेको थिएन । त्यसबेला तीन  जना अध्यक्षका प्रत्यासी बनेका थिए । एनआरएनएमा आँच नआओस् भनेर पालै पालो गरेर तीनै जना अध्यक्ष रहने सहमति गरिएको थियो ।  आगामी अक्टोवर १७ देखी १९ सम्म काठमाडौमा संघको ११ औं अधिवेशन हुन गईरहेको छ । 

उपाध्यक्षका प्रत्यासी रोबिन शेरचनका विचारमा विदेशमा रहेका नेपालीहरु मध्ये बौद्धिक, दक्षता भएका, युवा लगायत ठूलो संख्या संघको घेराभित्र अटाउन सकेका छैनन् । विश्वभरी रहेका नेपालीहरुको छाता संगठन मानिएको एनआरएनए आफ्नो उद्देश्य अनुरूप सामाजिक परोपकारी संस्थाको रुपमा अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् । 

उनी भन्छन् 'सबैले अपनत्व महशुस गर्नेगरी काम गर्नुपर्नेछ, राजनीतिक हस्तक्षेपको सामना गर्नुका साथै फेरि एकपटक संस्थाको गरिमा उच्च बनाउनको लागि निस्वार्थ सेवा भावका साथ कार्य गर्ने नेतृत्व चयन गर्नका लागि काम गर्नुछ । बौद्धिक, दक्षता भएका, युवा लगायतलाई सङ्घको घेराभित्र ल्याउन पहल गर्छु र सबैसँग सहयोगका लागि अपिल समेत गर्छु' । 

धेरै पढिएको