News Desk
काठमाडौ । गैर आवासिय नेपाली संघ एनआरएनएका मध्य पुर्व संयोजक मनोज गोर्खालीले आसन्न निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोवर १७ देखी १९ सम्म काठमाडौमा आयोजना हुन गईरहेको संघको ११ औं अधिवेशनमा उनले सचिव पदमा दाबेदारी दिन लागेका हुन् । युएईमा बसोबास गर्दै आई रहेका गोर्खाली सन् २००७ देखी एन आर एन ए अभियानमा सकृय छन् । गोर्खाली सन् २०११ मा एनआरएन युएईको उपाध्यक्ष हुँदै २०१७ मा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसो त सन् २०१९ मा मध्यपुर्व उपसंयोजक र २०२१ मा मध्यपुर्ब संयोजकमा निर्वाचित भई प्राप्त जिम्मेवारीलाई उनले कुशलतापूर्वक निभाएका छन् ।
यस क्रममा उनले आठौं राष्ट्रिय खेलमा गैर आवासिय नेपाली संघको खेलकुद प्रतिष्ठानको व्यवस्थापन प्रमुख, नवौं राष्ट्रिय खेलमा ग्लोबल संयोजक, कैलाली कन्चनपुरका बाढि पिडित सहयोगार्थ गठित समितिको संयोजक र कोभिडको समयमा ५५३ थान अक्सिजन सिलिन्डर नेपाल पठाउँ आफन्तको ज्यान बचाउ भन्ने अभियानको सह संयोजक रहि कार्य सम्पादन समेत गरेका थिए ।
मध्य पुवर्मा रहेका र विश्वभर छरिएर रहेका तमाम गैरआवासीय नेपालीहरुहरुको हक हित तथा विविध समस्यामा हातेमालो गर्दै लामो समय एन आर एन ए सकृय गोर्खालीले एनआरएन मार्फत नेपाली समुदायको हितमा थप लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।