सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित
News Desk
Sep-24 , 2023 तारिख 06:19 बेलुका

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढन सकेन । मुद्दाको पेसी कहिले तोकिन्छ भन्ने टुंगो छैन ।

न्यायपरिषद्ले हालै केही न्यायाधीशको सरुवा र उच्च अदालतमा बढुवा गरेपछि सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।


 

धेरै पढिएको