सडकमा सुतेरै राहत शिक्षकहरुले गरे विरोध 
News Desk
Sep-25 , 2023 तारिख 07:14 बेलुका

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई  निरन्तरता दिदै बानेश्वरमा पुगेर सडकमा सुतेरै विरोध जनाएका छन् ।नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका हुन् । 

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

धेरै पढिएको