बुुद्धचित्त मालाको ब्यापारगर्ने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ अन्य फरारको खोजिकार्य जारी
News Desk
Sep-28 , 2023 तारिख 08:33 बेलुका

काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको महत्वपुर्ण आर्थिक श्रोतमा रहेको बुुद्धचित्तमालाको ब्यापार र त्यो भित्र मौलाएको अपराधिक गतिबिधिले चरमरुप लिए पछि एउटा अचम्मको घटना बाहिरीएको छ । काभ्रेपलान्चोक जिल्लाको तेमाल क्षेत्रमा मात्र पाईने बुद्धचित्त अन्यक्षेत्रमा समेत ब्यवसायीक खेती गर्न लागेपछि यसको महत्व घटेपनि काभ्रेको रोशी गाउँपालिका वडा नम्बर पाँचको सिकालीको मालाको महत्व भने अझ घटेको छैन । यो मालाको लागि प्रतेक बर्ष केहि न केहि लफडा भएको घटना बाहिर आएको छ ।

यसपालि पनि त्यहि मालाको बिषयमा भएको एउटा घटना बाहिरिएको छ । बुुद्धचित्त मालाको ब्यापारगर्ने बहानामा ठगी गरेको आरोपमा माला ब्यापारी तथा माला धनि शेर बहादुर तामाङ पक्राउ परे संगै घटनाले नयाँ रुप लिएको छ । यो घटनामा संलग्न भएको आरोप लागेका काभ्रेपलान्चोक जिल्लाका युवा नेता समिप त्रिपाठी भने फरार रहेको श्रोतले बताएको छ । शेर बहादुर तामाङ पक्राउ परे संगै प्रहरीले अन्य फरारको खोजिकार्य जारी राखेको बुुझिएको छ । यो घटनामा संलग्न भएको भनिएका समिप त्रिपाठी युवा संघ नेपालका केन्द्रिय सदस्य हुन् भने काभ्रपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमका निकट तथा पार्टी अध्यक्ष माधवकुमार नेपालका स्वकिय सचिव बताउने निकेश पौडेल संग समेत राम्रो सम्बन्ध बनाएका नेता हुन् । घटनालाई प्रहरीले ठगीमुद्धाको रुपमा अगाडी बढाएको भएपनि यो भित्रको रहस्य अर्कै रहेको एक श्रोतले बताएको छ ।

२०७९ कार्तिक २ गते बुुद्धचित्तको माला धनि र माला ब्यापारी बिच भएको संझौतामा ब्यापारीको तर्फबाट प्रतिनिधित्व गर्नेमा समिप त्रिपाठी ,शेरबहादुर तामाङ र मान बहादुर तामाङ रहेको भए पनि पछि माला बिक्री गर्ने बेलामा शेर बहादुर तामाङ र समिप त्रिपाठीले माला लुटपाट भएको भन्दै मान बहादुर तामाङलाई जानकारी गराएपछि यो घटनाको बारेमा बिभिन्न चरणमा छलफल र वार्ताहरु समेत भएको श्रोतको दावि छ । राजनैतिक पावरको आडमा घटनालाई ढाकछोप गर्ने प्रयास भएपछि मानबहादुर तामाङको जाहेरीले प्रहरी वृत ठिमीको टोलिले ब्यापारी मध्यका शेर बहादुर तामाङलाई पक्राउ गरि अनुुसन्धान प्रकृया अगाडी बढाएको श्रोतले बताएको छ ।

घटनामा को को संलग्न भएका थिए भन्ने बारेमा अभैm खुलि नसकेको भए पनि प्रहरीको अनुसन्धानबाट थप केहि ब्यक्तिहरु समेत पक्राउ पर्ने श्रोत को दावि छ ।

धेरै पढिएको