News Desk
काठमाडौं,नेपाल,१४ असोज २०८०
शाह इन्टरटेन्मेन्टद्वारा प्रस्तुत किड्स रनवे र राजधानी रनवे सिजन -२ को ग्रान्ड अडिसन १३ असोज शनिबारको दिन दैलो डेलि सि अस रेस्टुरेन्टमा सफलतापुर्वक सम्पन्न भएको छ । जसमा कुसुम श्रेष्ठ (फेसन डिजाइनर),सपना ढकाल (फेसन डिजाइनर),नेहा श्रेष्ठ (मेक अप आर्टिस्ट),आशा भण्डारी (फेसन डिजाइनर) च्यान्ल श्रेष्ठ (मोडेल) हरुले निर्णायकका रुपमा भुमिका निर्वाह गर्नु भएको थियो । केही सिट अझै बाकी रहेकोले उक्त सिटको लागि छिटो भन्दा छिटो सम्पर्क राख्नका लागि शाह इन्टरटेन्मेन्टकी आग्रह गरेको ईभेण्ट म्यानेजर टिना थापाले जानकारी दिईन् । ;हामी अझै ठुलो र राम्रो संस्करणको साथ फर्किएका छौं। हामीले फेसन उद्योगको चिन्तालाई सम्बोधन गर्ने भन्ने विश्वासका साथ प्रतिस्पर्धालाई पुनस् आकार दिने उद्देश्यका साथ किड्स रनवे र राजधानी रनवे सिजन २सञ्चालन गर्दैछौं र सबै व्यक्तिहरूलाई सँगै इतिहास बनाउन स्वागत गर्दछौुं'शाहले भनिन् ।
शाह इन्टरटेन्मेन्ट २०१८ मा स्थापना भएको ईभेण्ट कम्पनी हो । मोनु शाहद्वारा संचालित शाह इन्टरटेन्मेन्ट नेपाली समुदायमा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवर्द्धन गर्ने उदेश्यका साथ स्थापनामा आएको हो । आकांक्षी कलाकार र मोडेलहरुलार्इ उनीहरूको लुकेका प्रतिभाहरू प्रदर्शन गर्न बजारमा एक्सपोजर प्रदान गरेर उनीहरूलाई बढावा दिदै अवसरहरू बढाउन योगदान पुर्याउँने यो एउटा प्लेटफर्म रहदै आएको छ ।
शाह इन्टरटेन्मेन्टले गएको ५ वर्षमा धेरै युवा प्रतिभाहरूलाई मोडेल, अभिनेता र मिडिया व्यक्तित्वका रुपमा स्थापित गराएको छ । यसको मुख्य आकर्षण किड्स रनवे हो। यो बच्चाहरुका लागि एक प्लेटफर्म हो । जसमा ३ देखी १७ बर्षसम्मक्का कुनै बालबालिकाले भाग लिन पाउने छ्न्। विगत ५ वर्षको अन्तरालमा हामीले यस्ता थुप्रै इभेन्टहरु सफलतापुर्वक सप्पन्न गर्दैआएका छौं।