अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद
News Desk
Oct-02 , 2023 तारिख 09:07 बेलुका

काठमाडौँ । ठमेल स्थित ज्याठाबाट प्रहरीले अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । ज्याठाबाट सञ्चयकोषतर्फ जाँदै गरेका उनले बा ९१ प ९९५८ नम्बरको स्कुटरको डिकीमा लुकाएको अवस्थामा प्रहरीले नगद बरामद गरेको हो । थप अनुसन्धानका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

धेरै पढिएको