News Desk
काठमाडौं । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । सामाजिक र धार्मिक सदभाव भड्किन नदिन दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।