राष्ट्रिय भुमि आयोग जिल्ला समिति दोलखाको आयोजनामा एक दिने अभिमुखिकरण तालिम सम्पन्न
News Desk
Oct-05 , 2023 तारिख 03:47 बिहान

राष्ट्रिय भुमि आयोग जिल्ला समिति दोलखाको आयोजनामा एक दिने अभिमुखिकरण तालिम सम्पन्न

 

राष्ट्रिय भुमि आयोग जिल्ला समिति दोलखाको आयोजनामा एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। भुमिहिन दलित,भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई कसरी व्यबस्थित गराउने भन्ने बिषयमा आयोजित उक्त अभिमुखिकरण कार्यक्रम राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष एवम प्रवक्ता नहेन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको हो । प्रशिक्षणको क्रममा उहाँले वास्तविक सुकुम्बासीको पहिचान गरी सरल र सहज रूपमा निस्सा कार्ड उपलब्ध गराउन दोलखाका नौ वटै पालिकाका प्रमुख,उपप्रमुख र प्रमुख शासकीय अधिकृतलाई अनुरोध गर्नुभयो । 

 

उपाध्यक्ष एवम प्रवक्ता नहेन्द्र खड्काले भन्नुभयो सुकुम्बासीको लगत छिटोभन्दा छिटो उपलब्ध गराई निस्सा कार्ड दिने बाताबरण बनाई दिनुहोस् । राष्ट्रिय भुमिआयोग भुमिहिन दलित,भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई व्यबस्थित बनाउन लाग्नुसु । 

 

राष्ट्रिय भुमि आयोग जिल्ला समिति दोलखाका सदस्य सचिव एवम नापी कार्यालय दोलखाका प्रमुख अशोक कुमार श्रेष्ठले जिल्ला समिति दोलखाले हाल सम्म गरेको कार्य विवरण सार्वजनिक गर्नुभयो। २०७९ असार २१ गते राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौं र राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखा अन्तर्गत रहेका स्थानिय तहबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि २०७९ भाद्र ०२ गते राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौंबाट लगत संकलनको लागि ३५ दिने पहिलो पटक सुचना प्रकाशन गरेको उहाँले बताउनुभयो । 

 

सो क्रममा हालसम्म भिमेश्वर नगर पालिकाबाट २७ जना भूमिहिन, गौरिशंकर गाउँपालिकाबाट ४७ जना भुमिहिनहरुको पहिचान गरि छिट्टै नै निस्सा कार्ड बितरण गर्ने तयारीमा रहेको र मिति २०८० भाद्र २९ गते पुन दोस्रो पटक ४ पालिकाहरु मेलुङ गाउपालिका, शैलुङ गाउँपालिका, बैतेश्वर तथा कालिन्चोक गाउँपालिकाको लागि भुमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि निवेदन दर्ताका लागि गोरखापत्रमा ३५ दिने सुचना समेत प्रकाशन भएको कुरा सदस्य सचिव श्रेष्ठले जानकारी गराउनुभयो।

 

राष्ट्रिय भुमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललित मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानि, दोलखा जिल्लाका सम्पूर्ण पालिकाका मेयर, उपमेयर, पालिका अध्यक्षहरु , प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, पालिका उपाध्यक्षहरु, पालिकाका प्रशासकिय अधिकृतहरु, पत्रकार महासंघका अध्यक्ष दिप शंकर चौलागाई लगायत भुमिहिन सुकुम्बासीहरुको समेत विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय भूमि आयोग दोलखा जिल्लाका सदस्यहरु रिता रिमाल र शुशिला शर्माले सहजिकरण गर्नुभएको थियो।

धेरै पढिएको