News Desk
-सुरज पौडेल
लाहान । नेपाल बिद्युत प्राधिकरण लाहान बितरण केन्द्रका प्रमुख हिमांशु कुमार यादवको लापरबाहीका कारण सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ । सेवाग्राहीहरु लाहान बितरण केन्द्रमा सेवा लिन आउदा कार्यालयमा कार्यलय प्रमुख नभेटिएपछि मिटर जडानमा समस्या उत्पन्न हुँदै आएको छ ।
सोमबार संचारकर्मी रिपोटिङका क्रममा वितरण केन्द्र कार्यालय पुग्दा सेवाग्राही र प्रमुख बीच घम्साघम्सी भएको थियो । कार्यालय प्रमुखले सेवाग्राही र संचारकर्मीलाई समेत अभद्र व्यवहार गरेका छन् ।
एक महिनासम्म कार्यालय धाउदा अफिस समयमा कार्यलय प्रमुख नभेटिने गरेको सेवाग्राहीहरुले बताएका छन् । जसका कारण सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ भने किसान र समुदायले विद्युत नपाउदा दैनिकी कष्टकर बन्दै गएको छ ।
कार्यालयमा महिना दिनसम्म पनि प्रमुख नभेटिदा स्थानियले संचारकर्मीलाई खबर गरेका थिए । संचारकर्मीले सोमबार कार्यालयमा सेवाग्राहीको समस्या राख्दा उनि तर्किएर भागेका छन् । प्रमुख यादवले सेवाग्राहीले आफ्ना समस्याहरु राख्दा गैर जिम्मेवारी अभिव्यक्ति दिए। सेवाग्राहीको समस्या भन्दा बाहिरी काममा ब्यस्त हुने गरेका कार्यालय प्रमुख विभिन्न बाहना बनाई तर्किन खोजेका छन् । लाहान वितरणकेन्द्रबाट सेवा लिन बारम्बार धाउदा पनि कठिनाई व्यहोर्नु परेकाले सेवाग्राहीहरु आक्रोशित हुन पुगेको बुझिएको छ। लामो समयदेखी सास्ती भोग्नु परेकोस्वयं स्थानियहरुले बताएका छन् ।