आङदामीको निधन शंकास्पद रहेको भन्दै संपर्क समितिले राख्यो छानबिनको माग
News Desk
Oct-08 , 2023 तारिख 08:59 बेलुका

काठमाडौं । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला मुडे घरभई हाल काठमाडौं बस्दै आएका आङदामीको निधन शंकास्पद रहेको औंल्याउदै नेपाली कांग्रेस सोलु तिङला काठमाडौं संपर्क समितिले छानबिनको लागि माग अघि सारेको छ । समितिले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै समितिका सहसचिव शेर्पाको असमायिक निधनले मर्माहत भएको उल्लेख गर्दै मृत्‍यु शंकास्पद रहेकोले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

‘मृतकको मृत्‍युको घटना शंकास्पद रहेको हुँदा हाम्रो यस समिति परिवार घोर आपत्ति जनाउदै सम्बन्धित निकायलाई उचित तथा निष्पक्ष छानबिन गरि सत्यतथ्य पत्ता लगाउनको लागि गम्भिर ध्यानकर्षण गर्दछौं’ समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ । साथै, समितिले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै मृतकको आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धान्जली अर्पण गरेको छ ।

धेरै पढिएको