News Desk
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले सार्वजनकि बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मंगलबार सार्वजनकि बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०(१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।