News Desk
काठमाडौं । छायाँकार अशोक कुमार बस्नेत एशियन प्रोफेसनल अवार्डबाट सम्मानित भएका छन् । शुक्रबार ललितपुरको कुपण्डोलमा आयोजित अवार्ड कार्यक्रम माझ उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका हुन ।
दुई दशकदेखी नेपाल टेलिभिजनमा क्यामेरामेनका रुपमा कार्यरत बस्नेतले समाचार एवम् टेलिभिजन कार्यक्रमसँगै विज्ञापन, व्रित्तचित्र, चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, रियालिटि शो, लघु चलचित्र आदीमा क्यामेरामेनका रुपमा काम गरेका छन् ।