समाजसेवी शेर्पा मन खुशी फाउण्डेसनबाट सम्मानित
News Desk
Oct-18 , 2023 तारिख 01:30 बिहान


काठमाडौं । समाजसेवी मिङ्मा दोर्जे शेर्पा मन खुशी फाउण्डेसनबाट सम्मानित हुनुभएको छ । फाउण्डेसनद्वारा मंगलबार राजधानीमा आयोजित शिर्ष सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममाझ उहाँ  सम्मानित हुनु भएको हो । मानव सेवा तथा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएका शेर्पालाई फाउण्डेसनले मानवता विधा अन्तर्गत सम्मानित गरेको हो । उहाँलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा एवम् फाउण्डेसनका अध्यक्ष करण तामाङ् घलानले खादा एवम् सम्मान  पत्रसहित सम्मान गर्नुभएको थियो ।  

सम्मानित भएसँगै समाजसेवी शेर्पाले खुशी व्यक्त गर्दै आयोजकप्रति आभार प्रकटसहित आफुलाई मानवसेवा गर्ने थप प्रेरणा मिलेको बताउनुभयो ।  

मिङ्मा दोर्जे शेर्पाको संक्षिप्त परिचय  

मिङ्मा दोर्जे शेर्पा पेशाले एक पर्यटन व्यवसायी साथै समाजसेवी समेत हुनुहुन्छ । सगरमाथाको काख सोलुखुम्बुमा जन्मनुभएका मिङ्मा विगत ३६ वर्षदेखी पर्यटन व्यवसायमा सकृय हुनुहुन्छ । त्यसो त मिङ्मा दोर्जे शेर्पा मानव सेवामा समेत उत्तिकै सकृय हुनुहुन्छ । ३ दशक देखी मानव सेवामा समर्पित रहदै आउने क्रममा उहाँले हालसम्म कयौ दिनदुखी एवम् असहायहरुलाई सहायता प्रदान गर्दै आउनु भएको छ । पर्यटन उद्योगमा सम्बद्ध रहदै आउने क्रममा उहाँले हाल छहारी बुटिक लज एवम्  लास्ट फ्रोन्टायर्स टेकिङ्ग र कृषि तथा  उद्योगतर्फ लेकाली कफी स्टेट संचालन गर्दै आउनु भएको छ । पर्यटन उद्योग साथै सामाजिक कार्यमा सकृय रहने क्रममा उहाँ विश्व समुदाय माझ समेत चिरपरिचित हुनुहुन्छ । पछिल्लो समय उहाँ नयाँ देशको रुपमा चर्चामा रहेको विरल्याण्डको मन्त्रिमण्डलमा समेटिनु भई चर्चामा आउनु भएको छ । उक्त राज्यको पर्यटन विकास मन्त्रीको जिम्मेवारी उहाँले प्राप्त गर्नुभएको छ ।

धेरै पढिएको