News Desk
काठमाण्डौ । मेलबर्नमा नेपाली मन्दिर बनाउन रामकुमार श्रेष्ठ र श्रीमती प्रभा देवी श्रेष्ठ दम्पतीले गरे २५ हजार डलर प्रदान गर्ने घोषणा गरेका छन् । उनीहरुले मिनी नेपाल अवधारणाको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । 'वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा मेलबर्नमा नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गरिनुपर्छ भन्ने मान्यतालाई कदर गर्दै म र श्रीमती प्रभा देवी श्रेष्ठले २५ हजार डलर प्रदान गर्ने घोषणा गरेका छौ' रामकुमारले जानकारी दिदै भने ।
छोरी पुजाको जन्मदिन सकिएको र छोरा पुरक र बुहारी प्रियंकाको दोश्रो एनिभर्सरी आउन लागेको बीचमा चलिराखेको यो महायज्ञमा छोरीको जन्मदिन र छोरा र बुहारीको दोश्रो एनिभर्सरीको अवसर पारेर यो घोषणा गरिएको उनले जनाए । छोरी पुजाको १८ औं जन्मदिन मनाउने तयारी अन्तिम अवस्थामा पुगेको बेला नेपालमा बाढी आएको कारण जन्मदिन मनाउने काम रोकी दम्पतीले धुर्मुस्(सुन्तली मार्फत बाढी पहिरो पीडितका लागि ५ हजारभन्दा बढी डलर प्रदान गरेका थिए । त्यसमा केही रकम मेलबर्न, अभियानको बेल्जियम र इजरायल राष्ट्रिय समितिमा संकलित रकम पनि समावेश गरिएको थियो ।
वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमका कारण मेलबर्नमा बनाउने उद्धेश्य राखिएको नेपाली मन्दिरका लागि १२० रोपनीभन्दा बढी जग्गा किन्न संस्था समर्थ भएको थियो । थप संकलित रकम गुरु योजना मुताबिकको मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माण कार्यमा प्रयोग हुनेछ ।