प्रमुख प्रहरी उपरीक्षक मिश्र बागमती प्रदेश प्रहरी कार्यालयबाट उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट पुरस्कृत 
News Desk
Oct-18 , 2023 तारिख 07:36 बेलुका

काठमाण्डौ  । प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । उहाँ बागमती प्रदेश प्रहरी कार्यालयबाट ६८ औं प्रहरी दिवस २०८० को अवसरमा ू उत्कृष्ट व्यवस्थापक ू पुरस्कारबाट पुरस्कृत हुनु भएको हो । 

नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी समग्र कार्यालय व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएकाले उहाँलाई उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  मिश्र धादिङका प्रहरी प्रमुख हुनुहुन्छ । 

 

 

धेरै पढिएको