एनआरएनए उपाध्यक्षमा रोविनप्रसाद शेरचनसहित कुल ६ जना विजयी
News Desk
Oct-20 , 2023 तारिख 09:14 बिहान


काठमाडौं ।  एनआरएनएको जारी ११ औं महाधिवेशनमा जापानका रोविनप्रसाद शेरचनसहित ६ जना विजयी हुनुभएको छ । विहिवार राती सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शेरचनले कुल २१ सय असी मत प्राप्त गर्दै दोस्रो लोकप्रिय मतसहित विजय हासिल गर्नुभएको हो ।  

उपाध्यक्ष पदका लागि कुल १८ जना प्रतिस्पर्धामा थिए । जसमा डा. हेमराज शर्मा (युके) २२६५ मत, रोबिन प्रसाद शेरचन (जापान) २१८० मत, राज रेग्मी (कतार)१९०० मत, डा. बिनोद श्रेष्ठ  (अष्ट्रेलिया) १५६० मत, रामशरण सिँखडा (युके) १५५२ मत र खगेन्द्र न्यौपाने  (मलेसिया) १३५७ मत रहेको छ।

धेरै पढिएको