News Desk
काठमाडौं । एनआरएनएको जारी ११ औं महाधिवेशनमा उपाध्यक्षमा जापानका रोविनप्रसाद शेरचनसहित कुल ६ जनाले विजय प्राप्त गर्नुभएको छ । ६ सिटका लागि भएको प्रतिस्पर्धामा कुल १८ जना प्रत्यासी हुनुहुन्थ्यो । जसमा विहिवार राती सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार डा. हेमराज शर्मा (युके) ले पहिलो लोकप्रिय मत र रोबिन प्रसाद शेरचनले दोस्रो लोकप्रिय मत प्राप्त गर्नुभएको छ । उहाँहरुले क्रमश २२ सय पैसठ्ठी र २१ सय असी मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै अन्य विजयीहरुमा राज रेग्मीले तेस्रो लोकप्रिय मत प्राप्त गर्नुभएको छ । कतारमा बसोबास गर्नुहुने उहाँले १९ सय मत प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य विजयीमा डा. बिनोद श्रेष्ठ (अष्ट्रेलिया) १५६० मत, रामशरण सिँखडा (युके) १५५२ मत र खगेन्द्र न्यौपाने (मलेसिया) १३५७ मत रहनुभएको छ।