एनआरएनए निर्वाचन शंकाको घेरामा, फ्रड गरिएको डा. पौडेलको आरोप
News Desk
Oct-20 , 2023 तारिख 10:06 बिहान


काठमाडौं ।  एनआरएनएको जारी ११ औं महाधिवेशनमा उपाध्यक्षतर्फको मतगणना शंकास्पद देखिएको छ । कुल १८ जना प्रतिस्पर्धी मध्ये निवर्तमान महासचिव डा. केशव पौडेललाई नेपालबाट प्राप्त मत शुन्य देखाएपछि  निर्वाचनमा धाधली भएको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।  अन्तिम नतिजा अनुसार डा केशव पौडेलको नेपाल बाट प्राप्त मत शुन्य देखिए पनि उनले अफ्रिका बाट ३७, अमेरीकाजबाट २८९, एसिया प्यासीफिकबाट २२४, युरोपबाट ६३६ र मिडल इस्टबाट २८२ मत प्राप्त गरेको देखाईएको छ ।  जसको कुल योगफल १४६८ हुन आउँछ । तर नतिजामा डा पौडेलको कुल प्राप्त मत जम्म १२४४ उल्लेख छ ।

विहिवार राती सम्पन्न डिजिटल मत गणनाको अन्तिम परिणाम अनुसार  डा. हेमराज शर्मा (युके) ले पहिलो लोकप्रिय मत र रोबिन प्रसाद शेरचनले दोस्रो लोकप्रिय मत प्राप्त गर्नुभएको छ । उहाँहरुले क्रमश २२ सय पैसठ्ठी  र २१ सय असी मत प्राप्त गर्नुभएको देखाईएको छ भने राज रेग्मीले तेस्रो लोकप्रिय मत प्राप्त गर्नुभएको देखिन्छ ।  कतारमा बसोबास गर्नुहुने उहाँले १९ सय मत प्राप्त गर्नुभएको छ ।

  त्यस्तै डा. बिनोद श्रेष्ठ  (अष्ट्रेलिया) १५६० मत, रामशरण सिँखडा (युके) १५५२ मत र खगेन्द्र न्यौपाने  (मलेसिया) १३५७ मत रही विजयी हुनुभएको एनआरएनएको डिजिटल डिस्प्लेमा देखाईएको छ । डा. पौडेल विजयी भएपनि धाधली गरि हराउने प्रपञ्च गरिएको भन्दै उहाँका समर्थकहरुले विरोध जनाएका छन् ।  निर्वाचनमा धाधली भएको आरोप समेत लगाईएको छ ।  डा. पौडेलले नतिजा धोखाधडी भएको भन्दै नतिजा अस्विकार्य हुने बताउनुभएको छ ।  पौडेलले चुनावी नतिजालाई फ्रडको संज्ञा दिनुभएको छ ।

धेरै पढिएको