मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ
News Desk
Oct-20 , 2023 तारिख 09:20 बेलुका

वीरगञ्ज - वीरगञ्जमा एकै दिनमा चार वटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउपरेका छन् । वीरगञ्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर  ८ घर भई हाल वीरगन्ज महानगरपालिका  वडा नम्बर १६  बस्ने ३२ वर्षिय अजय गोसाईंलाई बिहीबार पक्राउ गरेको  हो । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।वीरगञ्जमा दशैंमा  लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गोसाईंको समूहले ती मोटरसाइकलहरु चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’ बोगटीले भने ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना। २६ प ५८५३, ना ६४ ३८०६ र ना। ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ । गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।

Report by: Dipu Barnwal 

धेरै पढिएको