कराते मास्टर प्रकाशको सिड्नीमा अन्तराष्ट्रिय शान
News Desk
Oct-28 , 2023 तारिख 04:01 बेलुका

 प्रवासमा रहेर खेलकुदको माध्यमबाट छोटो समयमै  पहिचान बनाउन सफल व्यक्तित्व हुन प्रकाश क्षेत्री।कराते ,किकबक्सिङ्ग मिक्स मार्शल आर्ट्सका ज्ञाता मास्टर क्षेत्री नेपाली खेलकुदमा चिरपरीचित नाम हो। त्यसोत युवावय अवस्थामा जन्मभुमी चितवनबाट खेलयात्रा आरम्भ गरेका हुन।

युवा माझ लोकप्रिय रहेको लाहुरे भर्तीले समेत क्षेत्रीलाई अछुतो राख्न सकेन।भारतीय सेनाको कमान्डो फोर्समा भर्ती भएका उनले आधा दशक सेवा र अनुभव सँगाल्ने अबसर पाएका थिए।पुनः नेपाल फर्केर उनले घरेलु प्रतियोगितामा दर्जनौं पदकहरु हात पारेका थिए।

आर्थिक तथा सामाजिक चुनौतीपूर्ण अबस्थालाई छिचोल्न रोजगारीको सिलसिलामा कुबेत पुगेका क्षेत्रीले प्रतिष्ठित फिटनेसमा काम गर्ने अबसर पाएका थिए।कुबेत हुँदा  उनले कुबेती राष्ट्रिय  टीमका महिला खेलाडीलाई पदक दिलाउन सघाउ पुर्याउन मह्त्वपुर्ण भुमिका खेलेका थिए । त्यहाँका तेक्वान्दो क्लबले समेत उनलाई सम्मान गरेको  थियो ।आफू कुबेतमा रहदा पनि नेपाली माझ सामाजिक उतरदायित्व बहन गर्दै समस्यामा परेकालाई सहयोग गर्ने गरेको उनले बताए।कुबेतको छोटो बसाईसँगै अस्ट्रेलियाको प्रतियोगितामा समेत सहभागी जनाउदै आएको उनले बताए।केही बर्षको अन्तरालमा निरन्तर अस्ट्रेलिया भ्रमण गरे उनले ।  त्यहाँ स्थानीय क्लबका संचालकसँग मिलेर अस्ट्रेलियाको सिड्नी बहुप्रतिस्ठीत क्लब स्थापना गर्न उनले सफलता प्राप्त  गरे ।  

नेपाल र नेपाली प्रति सधै अनुग्रही रहने क्षेत्रीले नेपाली मार्शल आर्ट्सका खेलाडीहरुलाई बिशेष सहयोग गर्दै आइ रहेका छ्न।निकै जोशिला मास्टर क्षेत्री अस्ट्रेलियाका नेपाली माझ लोकप्रिय रहेका छन् । पक्तिकारसँगको भेटमा निकट भबिष्यमा मार्शल फिटनेशले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने आफनो योजना रहेको उनले बताए।

धेरै पढिएको