प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता
News Desk
Oct-29 , 2023 तारिख 09:53 बेलुका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए ।

महासचिव गुटेरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटेरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।

 महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ताका क्रममा संक्रमणकालीन न्याय प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने जोड दिए् । 


भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । 

धेरै पढिएको