बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ
News Desk
Oct-31 , 2023 तारिख 03:05 बिहान

बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।

केहीबेर अघि थप दुई पुरूषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

पक्राउ परेका दुई पुरूष र महिलाले अपराध स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ। अहिले अनुसन्धान भइरहकाले आरोपितको परिचय खुलाउन नमिल्ने उनले बताए।

प्रहरी स्रोतका अनुसार यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना 'ट्रेस' भइसकेका छन्। 

'घटनाका मुख्य योजनाकार पक्राउ परिसके। अरू दुई जनालाई पनि हामीले नियन्त्रणमा लिन लागेका छौं। प्रारम्भिक रूपमा हेर्दा व्यक्तिगत रिसिइबी र सम्बन्धका कारणले हत्या भएको देखिन्छ। विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

धेरै पढिएको