News Desk
गोरखा । आगलागी पिडित डिल बहादुर थापामगरको परिवारलाई बारपाक सुलिकोट गाँउपालिकाले आर्थिक एवं जिन्सी सहयोग उपलब्ध गराएको छ । गाँउपालिका वडा नं ३ स्वारा बुग्दुल निवासी मगर परिवारलाई गाँउपालिकाको तर्फबाट अध्यक्ष बिष्णु भट्टले दश हजार नगदसहित अन्य जिन्सी सामाग्री प्रदान गर्नुभएको छ । गत कार्तिक १२ गते आकस्मित आगो लागी भई क्षति भएको घरको अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष भट्टले उक्त सहयोग हस्ताण्तरण गर्नुभएको हो ।
सो क्रममा गाउँपालीका अध्यक्ष भट्टले पिडित परिवारलाई थप सहयोग उपलब्ध गराउने बचनबद्दता व्यक्त गर्नुभएको थियो ।
