माओवादी केन्द्रले गर्यो सडक संघर्षको कार्यक्रम घोषणा 
News Desk
Oct-31 , 2023 तारिख 06:23 बेलुका

काठमाडौं । माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट प्रतिगामी षडयन्त्रहरु भईरहेकाले सोको भण्डाफोर गर्न सडक संघर्ष गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।  माओवादी केन्द्रले मंगलबार बिहान सो संबन्धमा सर्कुलर जारी गरेको छ ।

दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ – माओवादीको सर्कुलरअनुसार सडक संघर्षमा यसबारे खबरदारी गरिनेछ । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको हो । त्यसपछि प्रदेश र पालिका तहसम्म पुग्ने उनले जानकारी दिए । ‘व्यवस्थाविरोधी अराजकता देखिएका छन्, लोकतन्त्रको रक्षाका लागि हामीले नागरिकहरुलाई पार्टीको लेभलबाट पनि सचेत गराउनुपर्छ । सडकको संघर्ष भनेको एक किसिमले जनपरिचालन हो भनेर बुझ्दा हुन्छ । यो हामी देशैभरि गर्नेछौं । उनले भने’

पार्टीमा सरकारमा हुँदैमा जनताको बीचमा जान नहुने भन्ने नभएको उनले तर्क गरे ।

 

धेरै पढिएको