काठमाडौं ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत
News Desk
Nov-01 , 2023 तारिख 01:20 बिहान

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरेको हो ।

सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरिएको युनेस्कोले जनाएको छ । जस अन्तर्गत शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन् ।संस्कृति र सिर्जनालाई विकास रणनीतिको रुपमा आत्मसात गर्ने र मानव केन्द्रित सहरी योजनामा नवीन अभ्यास प्रदर्शन गर्ने प्रतिबद्धतासहित यी नयाँ सहरलाई सूचीकृत गरिएको युनेस्कोका महानिर्देशक अड्रे अजौलेले उल्लेख गरेका छन् ।

जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न सूचीकृत नयाँ सहरले नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने समेत युनेस्कोले जनाएको छ । जसमा सन् २०५० सम्म विश्वको ८० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने प्रक्षेपण गरिएको छ ।

 

धेरै पढिएको