रोनाल्डोले नचिनेपछि भडनिए सलमान खानका फ्यान
News Desk
Nov-01 , 2023 तारिख 03:03 बेलुका

फुटबलर क्रिस्टियानो रोनाल्डोले बलिउड अभिनेता सलमान खानलाई नचिनेको भावमा बेवास्ता गरेपछि सलमानका फ्यान भड्किएका छन् ।  साउदी अरबमा भएको बक्सि‌‌‌ङ म्याचमा एउटै कुर्सीमा देखिएका उनीहरूबीच केही कुराकानी भएन। यतिबेला सामाजिक सञ्जालमा सलमानलाई रोनाल्डोले नचिनेको भन्दै टिप्पणी भइरहेको छ।

सार्वजनिक भिडिओमा रोनाल्डोले श्रीमती जार्जियानाको हात समातेर भिडबाट बाहिरिँदै थिए। भिडमा सलमान पनि उभिरहेका हुन्छन्, जहाँ रोनाल्डोले सलमानसँगै उभिरहेका एक अरबी व्यक्तिसँग बोल्छन्। तर सलमानलाई हेर्दापनि हेर्दैनन्। त्यस्तै अर्को भिडिओमा सलमानले भने रोनाल्डोको अनुहारमा मुस्कुराउँदै हेरिरहेको देख्न सकिन्छ।

यो भिडिओ सामाजिक सञ्जालमा आएपछि सलमानका फ्यानले रोनाल्डोले बेवास्ता गरेको भन्दै ट्रोल गरिरहेका छन्। सलमानको फ्यानले रोनाल्डोले उनलाई चिनेर पनि नचिनेको जस्तै गरेको भन्दै प्रतिक्रिया दिइरहेका छन्।

धेरै पढिएको