आजदेखि सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने
News Desk
Nov-02 , 2023 तारिख 06:30 बेलुका

काठमाण्डौ । आजदेखी  सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले हरेक वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोक्ने गरेको छ। 

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ। यो अवधिमा शुक्रबार दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्। 

आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्। 

धेरै पढिएको