आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्न जरुरी : राष्ट्रपति पौडेल
News Desk
Nov-02 , 2023 तारिख 07:39 बेलुका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्न जरुरी रहेको बताउनुभएको छ। नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उनले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने धारणा समेत राख्नुभयो  ।

राष्ट्रपति पौडेलले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सुझाव समेत दिनुभयो ।

धेरै पढिएको