News Desk
काठमाडौं। रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ।
शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट मन्थली विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको विमानस्थल प्रमुख अशोक थापाले पुष्टिगरे। झगडाको कारण भने खुलेको छैन।
क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन्। उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ।