जाजरकोटमा मध्यराती आएको भूकम्पमा परी ६४ जनाको मृत्यु
News Desk
Nov-04 , 2023 तारिख 12:57 बेलुका

जाजरकोट ।  जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ ।  भुकम्पमा परि पश्चिम नेपालमा अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। जसमा रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाको मृत्यु भएको हो ।  बिहान ५ बजेसम्मको रिपोर्ट अनुसार हालसम्म ६४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए । 

दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डिआइजी ढकालले जानकारी दिएका छन्।

धेरै पढिएको