भूकम्प पीडितहरुको लागि कांग्रेसले ५० लाख उपलब्ध गराउने
News Desk
Nov-04 , 2023 तारिख 06:00 बेलुका

काठमाडौं ।  नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि ५० लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण भएको क्षतिबाट पिडित आमनागरिकको राहतका लागि  नेपाली कांग्रेसले ५० लाख सहयोगको घोषणा गरेको हो ।  

जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको अवस्थालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले उक्त सहयोग गर्न लागेको पार्टिका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्नसमेत नेपाली कांग्रेसले अपील गरेको छ ।

धेरै पढिएको