News Desk
काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालले उपाध्यक्ष गोगन बहादुर मल्लको नेतृत्वमा वाईसिएल टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । भूकम्पका कारण भएको क्षतिबाट पिडित आमनागरिकको उद्धारका संगठनले मल्लको नेतृत्वमा टोली खटाएको वाईसिएल अध्यक्ष सुबोध राज सेर्पालीले जानकारी दिएका छन् । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भुकम्पका कारण हालसम्म १२८ जनाले ज्यान गुमाईसकेका छन् भने सयौ घाईते भएका छन् ।
वाईसिएल नेपालका केन्द्रिय सद्स्य धिरज उपरकोटीका अनुसार वाईसिएल टोली मध्यरातदेखि नै राहत र उद्धारमा खटिेएको छ । कर्णालिको सिंगै प्रदेश कमिटि, जिल्ला कमिटिहरु,पालिका कमिटिहरु र वार्ड कमिटिहरु सहित थप सहयोगको निमित्त जाजरकोटतर्फ लागेको उनले जानकारी दिएका छन् ।