भूकम्प पीडितका लागि राष्ट्रपति पुत्र चिन्तनले १ लाख उपलब्ध गराउने
News Desk
Nov-05 , 2023 तारिख 12:47 बेलुका

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलले भूकम्प पीडितका लागि १ लाख उपलब्ध गराउने घोषणा गरेका छन् जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण भएको क्षतिबाट पिडित बनेका आमनागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उदेश्यसहित उनले उक्त सहयोगको घोषणा गरेका हुन ।  पौडेलले तरुण दलले स्थापना  गरेको भुकम्प राहत कोषमार्फत सहयोग गर्न लागेका हुन ।  

जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको अवस्थालाई ध्यानमा राख्दै आफुले  उक्त सहयोग गर्न लागेको पौडेलले जानकारी दिएका छन् ।

धेरै पढिएको