डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ५ जना घाइते
News Desk
Nov-05 , 2023 तारिख 06:16 बेलुका

डोटी-१९ कार्तिक

 डोटीको शिखर नगरपालिका -३ अण्यौलस्थित केआई सिंह राजमार्गमा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजेर २८ मिनेटको समयमा एक्कासी अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खसेको थियो ।

जिपमा चालकसहित १० जना सवार रहेका मध्ये ४ जनाको घटना स्थलमा मृत्यु भएको र ५ जना घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय दिपायलले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यलय दिपायलका अनुसार मृत्यु हुनेहरुमा बाजुराकाे हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षीया राधिका मलाल, ३२ बर्षीया धनशाेभा बुढा, उनकाे ६ बर्षीय छाेरा कबिन्द्र बुढा, साेही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालकाे मृत्यू भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

धेरै पढिएको