राहत तथा उद्धारका निम्ति नेपाल आयल निगमले हवाइ इन्धन निशुल्क उपलब्ध गराउने
News Desk
Nov-06 , 2023 तारिख 06:22 बेलुका

काठमाण्डौ ।  नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धन निशुल्क उपलब्ध गराउने भएको छ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०।०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका हुन।

निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

धेरै पढिएको