News Desk
काठमाडौं । नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने भएको छ । अन्य सरोकारवालासहित बालबालिका सम्बद्ध सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको राजधानीमा आज आयोजित एक भेलाले उक्त दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेको हो । भेलाले समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) का कार्यक्रम संयोजक युवराज घिमिरेलाई बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस मुल आयोजक समितिको संयोजक समेत तोकेको छ ।
सो अवसरमा आगामी नोभेम्बर ०९ तारिखमा बालबालिकाको कार्यशाला र २० तारिख अर्थात बाल दुर्व्यवहार विरुद्धको विश्व दिवसका दिन र्याली तथा कोणसभा कार्यक्रम गर्ने तय गरिएको छ । कार्यक्रममा संचारकर्मी एवम् कलाकारसहित २० भन्दा बढि संस्थाका प्रतिनिधिहरु सहभागि रहेका थिए ।


