जिसिआई सर्वोकृष्ट व्यवस्थापन कलेज २०२३ को उपाधिबाट पुरस्कृत
News Desk
Nov-08 , 2023 तारिख 02:30 बिहान

जापान ।  ग्लोबल कलेज इन्टरनेशनल ( जिसिआई) सर्वोकृष्ट व्यवस्थापन महाविद्यालय २०२३ को उपाधि जित्न सफल भएको छ ।  जापानको टोकियोमा हालै सम्पन्न एडुकेशन सेरोमनी माझ कलेजले उक्त उपाधि जित्दै पुरस्कृत भएको हो ।कलेजकोतर्फबाट सह संयोजक राजेन्द्र ओझा उक्त पुरस्कार ग्रहण गर्नुभयो ।  उहाँलाई जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार ग्रहण पस्चात ओझाले उक्त पुरस्कारबाट सिंगो कलेज परिवार नै गौरन्वान्वित रहेको प्रतिकृया दिदै भन्नुभयो ‘यो सम्मान सम्भव बनाउन सम्पूर्ण क्याम्पस समुदायको प्रयास र प्रतिबद्धता आवश्यक थियो। ग्लोबल कलेज इन्टरनेशनललाई सम्भवतः उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आकार दिन मद्दत गर्ने मैले लिएको छु, सबैलाई हाम्रो हृदयदेखि धन्यवाद दिन चाहन्छौं’ । साथै उहाँले   शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको प्रतिबद्धताका कारण कलेजले उक्त उपलब्धि हासिल गरेको बताउनुहुँदै खुशी समेत व्यक्त गर्नुभयो । 

यता कलेजले यस सम्मानले कलेज परिवारलाई थप उर्जा तथा हौसला मिलेको जनाउदै भनेको छ ’विद्यार्थीको चौतर्फी  विकास, रचनात्मकता, र शैक्षिक गुणस्तरको लागि हाम्रो समर्पणको कदरले हामीलाई उर्जा तथा हौसला मिलेको छ साथै हामीले  गौरव महशुस गरेका  छौँ’ ।  

ग्लोबल कलेज इन्टरनेशनल 

ग्लोबल कलेज ईन्टरनेशनल काठमाडौं स्थित मध्य वानेश्वरमा अवस्थित रहेको छ । सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन हुने यस कलेजले मध्य पश्चिम विश्वविद्यालय सुर्खेतको सम्बन्धनमा एम्.बि.ए., बि.बि.ए., बि.एच्.एम्, र बि.टि.टि.एम्. जस्ता विश्वब्यापी लोकप्रिय कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको छ । व्यवस्थापन शिक्षामा बिध्यार्थीको पहिलो रोजाईमा रहेको ग्लोबल  कलेजबाट दिक्षित स्नातकहरु स्वदेश तथा विदेशमा प्रसिद्ध  संस्थाहरुमा आवद्ध भई अध्ययन, अनुसन्धान एवम् रोजगारमा संलग्न छन् ।

धेरै पढिएको