रोटरी क्लब अफ कपनको दोस्रो क्लब एसेम्लि सम्पन्न
News Desk
Nov-10 , 2023 तारिख 02:43 बिहान

कार्तिक - २३, रोटरी क्लब अफ कपनमा यस वर्षको दोस्रो क्लब एसेम्लिका साथै ३९५ औं बैठक सम्पन्न गर्‍यो । कार्यक्रम क्लबकी अध्यक्ष सुचिता काफ्लेको सभापतित्व एवं क्लबका एजि शारदा आचार्य पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उपस्थित सबैलाई क्लबको तर्फबाट प्रेसिडेन्ट काफ्लेले स्वागत गर्नु भएको थियो।  क्लबका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु मनोज कुमार घिमिरे, डा. राजु लामा पि.कोन्दन, शिवहरी खनाल, डा. तेज बहादुर रोक्का, निवर्तमान अध्यक्ष कृष्णादेवि मुनिकार लगायत क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्तिथि रहेको थियो । 

क्लब एसेम्लिमा पालैपालो ५ वटा विभिन्न समितिका अध्यक्षहरुले तयार पारेको रिपोर्ट पढेर सुनाइएको थिए । प्रस्तुत रिपोर्टमा क्लबका एजि पोखरेलले सुनिसकेपछि सुझाव सहित रिपोर्ट पास गरेकी थिइन् । रिपोर्ट राम्रो भएको र आगामी  दिनमा दिइएका सुझाव समाबेश गरि रिपोर्ट तयार पार्न एजि पोखरेलले अनुरोध गरिन् । कार्यक्रममा पूर्व अध्यक्षहरुको तर्फबाट बोल्दै डा. राजु लामाले क्लबका बारेमा बताउँदै केहि आफ्ना अनुभव शेयर गरेका थिए । कार्यक्रम क्लबकी इलेक्ट प्रेसिडेन्ट नियुक्ति शेर्पाले संचालन गरेकी थिइन् । 

अध्यक्ष काफ्लेले प्रमुख अतिथि एजिलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन भएको कुरा क्लबका चार्टर मेम्बर एवं सचीव प्रल्हादले जानकारी गराए ।

धेरै पढिएको