News Desk
नवलपरासी । पूर्वी नवलपरासीमा जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ जिप दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिएका छन् ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।
जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।