News Desk
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ बर्षीया कान्छी गुरुङ र अपाङ्गता भएका उनका ३९ बर्षिय छोरा चनारसिंङ गुरुङ रहेका छन् ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको प्रहरी नायव उपरीक्षक रमेशकुमारले बताए ।