दिवालीमा अत्यधिक मात्रामा पटाका पड्काइएका कारण प्रदूषणको मात्रा खतराको स्तरमा
News Desk
Nov-14 , 2023 तारिख 10:32 बेलुका

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित पुट खुर्द, पीजीडीएभी कलेज, अमेरिकन दूतावासलगायत क्षेत्रमा वायुको गुणस्तर सूचक एअर क्वालिटी इन्डेक्स ५०० हाराहारी पुगेको छ । यसलाई मानव स्वास्थ्यका दृष्टिले ‘खतरनाक’ (हाजार्डस) मानिन्छ । त्यहाँ २.५ माइक्रोन (पार्टिकुलेट म्याटर) भन्दा मसिना प्रदूषक कण (पीएम २.५) हरूको स्तर पनि ४०० भन्दा निकै माथि पुगेको छ ।

दिल्लीमा विगत केही सातादेखि प्रदूषणको मात्रा बढ्दै गए पनि गत साताको अन्तिममा सामान्य वर्षा भएपछि यो केही नियन्त्रणमा आएको थियो । तर, दिवालीका दिन शहरभरि अत्यधिक मात्रामा पटाका पड्काइएका कारण त्यसको धुवाँ फैलिएर पुनः अचानक प्रदूषणको मात्रा खतराको स्तरमा पुगेको हो ।

धेरै पढिएको