News Desk
बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए। उनले छ दशकभन्दा बढी समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरे।
स्वर्गीय मानन्धर पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित थिए।
मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ।