नागरिक समाजले सोमबार बाल संरक्षण र्याली गर्ने
News Desk
Nov-17 , 2023 तारिख 07:10 बेलुका

काठमाडौं । आगामी  सोमबार  राजधानीमा  बाल संरक्षण र्याली आयोजनामा आउने भएको छ । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस एवं अन्तराष्ट्रि«य बाल अधिकार दिवस २०२३ को अवसर पारेर नागरिक समाजको तत्वावधानमा उक्त र्याली आयोजनामा आउन लागेको हो । र्याली विहान ७स्३० बजे बानेश्वर स्थित होटल एभरेष्ट अगाडिबाट शुरु भई माईतीघर मण्डलामा पुगेर कोण सभामा परिणत हुनेछ । 

उक्त र्याली कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका ९सिविस० को संयोजनमा एनटिभि न्युज ९सचेतना कार्यक्रम र शैली थियटरसहित बालबालिकाको क्षेत्रमा कृयाशिल देशभरका करिब ४० गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा आउन लागेको हो । सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरेले नोभेम्बर २० तारिख अर्थात अन्तरराष्ट्रिय बाल अधिकार दिवसका दिन र्याली तथा कोणसभा कार्यक्रममा हजार भन्दा बढिको सहभागीता रहने अनुमान गरिएको बताउनुभयो ।  


बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस के हो ?

बालबालिका माथि हुने हिंसा तथा बालदुब्र्यवहार, खासगरी बालयौन दुब्र्यवहार, बालबालिकाको बेचविखन तथा बालश्रम, बुलिङ लगायतका दुब्र्यवहार विश्वकै एउटा डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको छ । बिश्वमा लाखौ बालबालिकाहरु हिंसा दुब्र्यवहार र शोषणको सिकार भएका छन् । कोभिड १९ को समय र त्यसपछिको अवस्थामा त झन बालबालिकाहरु परिवारमै मानसिक तथा शारीरिक हिंसा दुब्र्यवहारबाट पीडीत भएको कुरा तथ्यांकहरु ले देखाएको छ । संयुक्तराष्ट्र संघकै प्रतिवेदनको आधारमा पनि संसार भरि हिंसा र दुब्र्यवहार बाट प्रत्येक ५ मिनेटमा एक जना बालबालिका ले ज्यान गुमाउनु परेको कुरा तथ्यांकले जनाएको छ । बाढी ,पहिरो भुकम्प जस्ताप्राकृतीक विपदको बेलामा झन बालबालिका हरु का दुब्र्यवहार तथा शोषणबाट पीडीत हुन्छन् । अर्को शब्दमा भन्ने हो भने बिपद्मा बालसंरक्षणका सवालहरु अझ देखा पर्छन् । 

दीगो बिकास लक्ष्य १६.२ ले पनि बालबालिका माथि हुने दुब्र्यवहार हिंसा र शोषणलाई अन्त्य गर्न कार्यका लागि सबै मिलेर काम गर्ने लक्ष्य राखेको छ । तसर्थ यस विषयमा परिवार, स्थानीयस्तर, राष्ट्रियस्तरदेखि अन्तराष्ट्रिय स्तरसम्ममा नै यस विषयमा सबैको ध्यान केन्द्री«त गर्न, बाल बालिकामा संरक्षणको सीपमा विकास गर्न र रोकथामको महत्वबारे चेतना अभिबृद्धि गर्नुपर्ने र बालबालिकामा लगानी गर्न आवश्यकताछ । संसारका धेरै मुलुकहरुले बाल अधिकार महासन्धीलाई अबलम्बन गरेको छन् । धेरै मुलुकले आफ्नो संविधान र कानुनमा पनि बालअधिकारका बिषयमा काम गर्ने प्रतिबद्धता र योजना गरे पनि अझै पनि बाल बालिकाको अवस्थामा सोचे जस्तो परिवर्तन नआएको, बालबालिकाहरु हिंसा, युद्धबाट पीडीत रहेको पाइएको अवस्थामा नोभेम्वर २० अर्थात् अन्तराष्ट्रिय बालअधिकार दिवसको अघिल्लो दिन अर्थात् १९ नोभेम्वरका दिन बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस मनाइने गरिन्छ । 

यस दिवस मनाउनुको खास उद्देश्य भनेको बालबालिकाको क्षेत्रमा काम गर्ने नागरिक समाज, नीति निर्माता, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र र राज्यलाई सचेत गराउनु हो भने नागरिक समाज स्वयंले आफूले गरेका कार्यको बारेमा मुल्यांकन गर्नु हो । यस दिनलाई विश्वभरी नै मनाउन सन् २००१ बाट  ध्ध्क्ँ ले विश्व दिवसका निम्ति अन्तराष्ट्रिय स्तरमा नै गैससहरुसँगको सहकार्य तथा साझेदारी भनेर सुरु ग¥यो । उक्त दिन सबै निकायहरूले खासगरी रोकथामबारे शिक्षा दिन, जनचेतना फैलाउन, जानकारी दिनका निम्ति विश्वभर विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् । यस दिवसको अवसरमा गैसससँग साझेदारी गर्नुको मुख्य कारण भनेको बालदुव्र्यवहार रोकथामको संस्कृतिलाई बढवा दिन र यस विषयमा जनचेतना अभिबृद्धि गर्न, जनमानसका अभिव्यक्तिहरू तथा कार्यहरू एकआपसमा आदानप्रदान गर्न र रोकथामका कार्यक्रमहरूको सहि विरतणको सुनिश्चिततालाई विश्वव्यापीकरण गर्नका लागि हो ।

बिगतमा झै यो बर्ष पनि नेपाल लगायत संसारका धेरै मुलुकहरुमा समुदाय, बिद्यालय देखि राष्टियस्तर सम्म बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस मनाइरहेका छन् । नेपालमा पनि हामी सिविस, भ्वाइस अफ चिल्ड्रेन, लुनिभा, बालबिकास समाज समेत तीसभन्दा बढी गैर सरकारी संस्थाहरु मिलेर बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस मनाइ रहेकाछौँ । यसै सन्दर्भमा हामी बालबालिकाको सुरक्षित भविष्यको दीगो लगानी र बालमैत्री कानुन र कार्यक्रम लागि सहकार्य गरी अघि बढ्न नागरिक समाज, स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार साथै नीती निर्मातासँग आब्हान गर्दछौँ । 

किन हामीलाई बाल दुव्र्यवहार रोकथामको विश्व दिवस मनाउन आवश्यक छ ? 

▪ अन्तराष्ट्रिय श्रम संगठनका अनुसार अहिले पनि संसार भरि १६ करोड भन्दा बढि बालबालिकाहरु बालश्रममा संलग्न छन् भने ७ करोड ९० लाख बालबालिकाहरु जोखिमपुर्ण श्रममा संलग्न रहेका छन्
।
▪ नेपालमा ५ देखि १७ बर्ष उमेर समुहका ११ लाख भन्दा बढी बालबालिका हरु अझै पनि बालश्रमको चपेटामा रहेका कुरा तथ्यांकले देखाएको छ ।
▪ बिश्व स्वास्थ्य संगठनका अनुसार ४ जना बालबालिका मध्ये ३ जना बालबालिका शारीरिक तथा मनोसामाजिक हिंसाबाट पीडीत भएको जनाएकोछ ।
▪ नेपालमा १३ देखि १५ बर्ष उमेर समुहका ५० प्रतिसत भन्दा बढी बिद्यालयका बालबालिका बुलिड. बाट पिडित भएको पाइएको छ ।
▪ संसारभरि बेचविखनमा पर्ने ४ मध्ये ३ जना १८ मुनिका बालिकाहरु हुने गरेको पाइएको छ ।
▪ नेपाल प्रहरीका अनुसार अघिल्लो ५ वर्षको अवधिमा बलात्कारका ११७६८ पीडीत मध्ये ७५५३(६४ प्रतिशत) पीडीत १८ बर्षमुनिका बालिकाहरु छन् ।
▪ ५९७६४ घरेलु हिंसाका घटनामा ७५ प्रतिशत भन्दा माथि बालिकाहरुको संख्या छ ।
▪ नेपालमा बालबालिकाको अवस्था २०७९ का अनुसार एकबर्षमा मात्र बालबेचविखनका ११९, यौन दुब्र्यवहारका २२१८ मुददा दर्ता भएका थिए भने २०७९ मा मात्र १५६० बालिकाहरु बलत्कारको सिकार भएको कुरा रिपोर्टमा छ ।
▪ २०७९ मात्र १४२ जना बालिकाहरु साइवर क्राइमबाट पीडीत भएको पाइएकोछ । बालसंरक्षणका सवालहरु लुकेका हुन्छन । थोरै घटना मात्र प्रहरीमा उजुरी हुन्छन । कुटपीटका घटना, गालीगलौज, बुलिङ लगायतका धेरै घटनाहरु प्रहरीमा दर्ता हुँदैनन् । हामी यस अभियान अन्तर्गत बालबालिकाको शसक्तिकरण, अभिभावकको सचेतना र नीति निर्माताहरुको सक्रियताको लागि आब्हान गर्दछौँ ।

बालअधिकार महासंन्धी 
धारा – १९ : दुव्र्यवहार र उपेक्षाबाट संरक्षण बाबुआमा वा बालबालिकाको स्याहारको निम्ति उत्तरदायि व्यक्तिहरूद्वारा हुने सबै प्रकारका दब्र्यवहारबाट जोगाउने तथा यस सम्बन्धमा निवारक र उपचारका उपायहरू अपनाउने राज्यको दायित्व हुनेछ । राज्यपक्षले सबै बालबालिकालाई कुनैपनि किसिमको शारीरिक वा मानसिक हिंसा, चोटपटक, दुब्र्यवहार (यौन दुब्र्यवहार पनि), वेवास्ता, वेवास्तापूर्ण तथा असावधानीपूर्ण उपचार, अधिकारको हनन्बाट संरक्षण गर्नुपर्दछ ।

धारा – ३४ : यौन शोषण
राज्यपक्षले बालबालिकाहरूलाई वेश्यावृत्ति वा अश्लील चित्रणमा संलग्नता लगायतको यौन शोषण र दुब्र्यवहारबाट संरक्षण गर्नुपर्दछ । यस प्रयोजनका निम्ति राज्यपक्षहरूले निम्न कुराहरूलाई रोक्न सबै उपयुक्त राष्ट्रिय, द्विपक्षीय र बहुपक्षीय उपायहरू अपनाउनेछन् :
क) कुनैपनि प्रकारको गैरकानूनी यौन कार्यहरूमा बालबालिकालाई संलग्न गराउने, प्रलोभन वा दबाब दिने ।
ख) वेश्यावृत्ति या अन्य गैरकानूनी यौनकार्यहरूमा बालबालिकाको शोषणयुक्त प्रयोग गर्ने ।
ग) अश्लील चित्रणको काममा वा पत्रपत्रिकाहरूमा बालबालिकाहरूलाई शोषणयुक्त प्रयोग गर्ने ।

नेपालको संविधान धारा ३९ उपधारा ४ कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।

उपधारा ५. कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
उपधारा ६. कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनको नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक,द मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।
उपधारा ७. कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
उपधारा ८. प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
उपधारा ९. असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबाालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।
उपधारा १०. उपधारा (४), (५), (६) र (७) विपरीत कार्य कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । 

हामी के चाहन्छौ ? 
-बालमैत्री बिद्यालय, समुदाय र समाजको लागि तीनै तहका सरकारले बालबालिकाको लागि लगानी बृद्धि।
- बालबालिकाको संरक्षणका लागि सबै राज्यका सवै प्रशासनिक तहमा बालसंरक्षण प्रणालीको स्थापना, बालमैत्री नीती तथा तथा निर्देशिकाको साथै बालबालिकाको अर्थपूर्ण सहभागीताको ब्यवस्था।
- सुदृढ तथा बालमैत्री न्याय प्रणाली, बालमैत्री न्याय सेवा र संरचना ।
- बालश्रम उन्मुलनका लागि नयाँ ऐनको ब्यवस्थाको साथै सामाजिक सुरक्षाको ब्यवस्थाको साथै पीडीतबालबालिकाको उद्धार तथा पुनस्र्थापनाको ब्यवस्था ।
- बालबालिका माथि हुने हिंसा, शोषणदुब्र्यवहार बिरुद्ध बालमैत्री कानुन तथा बालबालिकाकोपर्यावरणीय अधिकार लाई संरक्षण गर्ने नीति ।यसरी हामी सवै मिलेर बालदुब्र्यवहारलाई अन्त्य गर्न सक्छौ । बालसंरक्षणका लागि हातेमालो गरौँ ।

 

धेरै पढिएको