जाडो छल्न स्वदेशी तथा विदेशी ‘पर्यटक’ चरा चितवनमा
News Desk
Nov-21 , 2023 तारिख 02:56 बेलुका

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा जाडो छल्न स्वदेशी तथा विदेशी ‘पर्यटक’ चरा आउन थालेका छन् । यहाँ नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन्। जसमा हाँस,बाज, चिललगायतका चरा छन् । 

अगष्ट’देखि हिउँदे आगन्तुक चरा यहान्ँ  आउन थालेका हुन्। यस्ता चरा अक्टोबरसम्म आउँछन्। नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चरा चितवनमा आउने गरेका छन्।
 
 साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान र चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन्। नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुछ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन्।
 

धेरै पढिएको