News Desk
नेपाल सरकारका पूर्व मन्त्रि तथा प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र कम्बोडियाका नब निर्बाचित प्रधानमन्त्री हुन मानेट संग भेट गरि बधाई तथा शुभकामना दिएका छन्। ३ दिने मैत्रीपूर्ण भ्रमणको शिलशिलामा मित्र राष्ट्र कम्बोडियामा रहेका ढकालले मंगलबार प्रधानमन्त्री कार्यालयमा भेटि ४६ बर्षिय युवा प्रधानमन्त्री हुन मानेटको सफल कार्यकालको कामना गर्दै क्षेत्रीय शान्ति र बिकासको बारे छलफल गरेका छन्।
अर्थशास्त्रमा बिद्धाबारिधि हासिल गरेका प्रधानमन्त्री हुन मानेट सयुक्त राज्य अमेरिकाको सैन्य एकाडेमी वेस्ट पोइन्ट वाट स्नातक गरेका हुन। केहि महिना अघि सम्पन्न निर्बाचनमा कम्बोडियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित बिजय हासिल गरे पश्चात पूर्व प्रधानमन्त्री हुन सेनको राजिनामा पछि हुन मानेट प्रधानमन्त्रीमा चएन भएका हुन। उनको मन्त्रिपरिषदमा युबाहरुको धेरै सहभागिता गरिएको छ। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।