नेपालगन्जका लागि उडेको बुद्ध एअरको विमान अवतरण नगरि काठमाडौँ फर्कियो
News Desk
Nov-22 , 2023 तारिख 08:40 बेलुका

नेपालगन्ज ।  काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको विमान मौसम खराबीका कारण अवतरण नगरि काठमाडौँ नै फर्किएको छ। बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहका अनुसार आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो।

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौँ फर्काइएको जनाउँदै सो बिमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको बताए। 
 

धेरै पढिएको